डोनेस्कमा युक्रेनको बमबारीवाट सत्ताइस जनाको मृत्यु

रुस नियन्त्रित पूर्वी युक्रेनको डोनेस्क सहरको भीडभाड भएको बजारमा बमबारी हुँदा २७ जनाको मृत्यु भएको छ ।  आक्रमणमा अन्य २० जना घाइते भएका छन । मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । गोलाबारीका कारण डोनेट्स्कका अधिकांश पसलहरु ध्वस्त भएका छन । रुसका विदेशमन्त्रीले आक्रमणको निन्दा गर्दै यसलाई सर्वसाधारणमाथि ‘बर्बर आतंकवादी हमला’ भनेका छन् । युक्रेनले डोनेट्स्क शहर आफनो भएको भन्दै रुस युक्रेनी जनताको जीवनका लागि जवाफदेही रहेको जनाएको छ । डोनेस्क सहर र पूर्वी युक्रेनको विशाल क्षेत्र सन् २०१४ मा रुसी समर्थित सशस्त्र समूहहरूले कब्जा गरेका थिए । त्यसयता केही भागमा मस्कोको नियन्त्रण छ । पछिल्लो दुई वर्षदेखि चलिरहेको युक्रेन र रुसबिचको युद्धको सबैभन्दा पछिल्लो द्वन्द्व डोनेस्क क्षेत्रमा भएको छ ।

प्रतिक्रिया