नेचा सल्यान गाउँमा अन्तर माबी स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
सोलुखुम्बु जिल्लाको नेचा सल्यान गाउँपालिकामा आज देखि अन्तर माबी स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । ६ वटा माबी रहेको पालिकामा पालिकाकै हिमालदर्शन माबीको प्राङ्गणमा आज खेलको औपचारिक उद्घाटन गरिएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिना राई प्रमुख प्रशासकीय अधिकृत युवराज पोखरेल , विभिन्न माबिका प्रअहरु सहित विभिन्न खेलमा सहभागी हुने महिला तथा पुरुष खेलाडीहरुको उपस्तिथि रहेको छ । आज देखि ३ दिनसम्म चल्ने राष्ट्रपति रनिङ्ग शिल्डमा विभिन्न बिधालयका महिला तथा पुरुष भलिबल , दौड , एथलेटिक्स , कवड्डी हाइजम्प र लङजम्प जस्ता खेलहरुमा प्रतिस्पर्धा हुने छ । गाउँपालिका उपाध्यक्ष राईले कार्यक्रम लाई सम्बोधन गर्दै खेलकुदले खेलाडीहरु लाई स्वस्थ र अनुशासित बन्न प्रेरणा दिनुका साथै खेलकुद मार्फत पनि आफ्नो गाउँ समाज र राष्ट्रको बिकासमा अतुलनीय योगदान दिन सकिने भएकोले खेलाडीहरु लाई आफ्नो प्रतिभाको भरपुर प्रयोग गर्न अनुरोध गरिन । गाउँपालिका भित्र हुने यस्ता प्रतियोगिताले आफ्नो गाउँमा रहेका प्रतिभाहरुको पहिचान गर्न सहयोग पुग्ने भएकोले खेलकुद क्षेत्र प्रती पालिका सधैं सकारात्मक रहने प्रतिबद्धता व्यक्त गरिन । पालिकाले खेलकुदको बिकासको लागि विभिन्न पुर्वाधार र खेलमैदान निर्माणमा भने ध्यान दिनु जरुरी देखिन्छ ।
प्रतिक्रिया