डुडुवा गाउँपालिकामा हिउदे गाउँसभा बहिस्कार

बाँकेको डुडुवा गाउँपालिकामा बहुमत सदस्यहरुले हिउदे गाउँसभा बहिस्कार गरेका छन् । पालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले कार्यपालिका बैठक र गाउँसभामा सादा कागजमा हस्ताक्षर गराएर आफू अनुकुलको निर्णय गर्ने गरेको भन्दै कार्यपालिका सदस्य असन्तुष्ट देखिएका हुन । बजेटको आयब्यय पारदर्शी नरहेको, खाजा, इन्धन, बिद्यालयको दिवाखाजा, कर्मचारी भर्ना लगायतका बिषयहरुमा भ्रष्टाचार भएको असन्तुष्ट जनप्रतिनिधिको आरोप छ । 
गाउँपालिका अध्यक्ष चौधरीले भने गाउँसभाले ल्याएका नीति योजनाहरु तुरुन्तै लिखित गर्न सम्भव नहुने भन्दै छलफलवाट निकास निकाल्ने प्रयास गर्ने बताएका छन । 
अध्यक्ष चौधरीले मनोमानी गरेको भन्दै नेकपा एमाले, जसपा र नेपाली काँगे्रसबाट निर्वाचित बहुमत सदस्यहरुले बहिस्कार गरेका हुन । विवादले माघ ४ गते तोकिएको डुडुवाको १५ औ गाउँसभामा बहुमत जुट्न नसकेपछि सूचना टाँस गरेर अनिश्चितकालका लागि स्थगित भएको छ ।

प्रतिक्रिया