रुसी सेनामा भर्ती भएर युवाहरुले संविधानविपरीत काम गरे: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले  बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐनमा संशोधनसम्बन्धी विधेयक सदन खुल्ने बित्तिकै टुंग्याउने बताएका छन । युगान्डाको भ्रमण सकेर फर्कने क्रममा विमानस्थलमा पत्रकारसँग कुरा गर्दैै उनले शान्ति प्रक्रियाका बाँकी काम अव टुंगिने बताएका हुन । प्रधानमन्त्री दाहालले दाहालले शान्ति प्रक्रियाका बाँकी काम सहमतिमै टुंगो लगाउनका लागि अब संसद्को अधिवेशन आह्वान हुनासाथ विधेयक अघि बढाउने जानकारी दिए । 
प्रधानमन्त्री दाहालले युक्रेन र रुसका सेनामा भर्ती भएर गएका नेपाली युवाहरूले राज्यको नीति र संविधानविपरीत कार्य गरेको बताए । 
रुसलाई पत्राचार गर्नुका साथै युगान्डामा पनि रूसका उपविदेशमन्त्रीसँग कुरा भएको भन्दै प्रधानमन्त्री दाहालले अवैध बाटोबाट नजान नेपाली युवामा चेतना फैलाउन पनि जरुरी रहेको बताए । मृतक परिवारलाई क्षतिपूर्ति र शव फिर्ता ल्याउने सम्बन्धमा रुसका उपविदेशमन्त्री स्तरमा छलफल भएको जानकारी उनले दिए । जागिर खाने नाममा गैरजिम्मेवार भएर युवाहरूले जुनसुकै देशको सेनामा ज्यान फालेर भर्ती हुन नहुने प्रधानमन्त्री दाहालको भनाइ थियो । दाहालले ’एक चीन नीति’ मानिसकेपछि ताइवान स्वतन्त्र हुनुपर्छ भन्ने पक्षमा नेपाल नरहेको बताए । ’उनले ’ताइवान चीनको हो’ भन्दैमा नेपालको असंलग्न परराष्ट्र नीति नडग्मगाउने दाबी उनको छ । अर्को एक प्रसंगमा प्रधानमन्त्री दाहाmले नेपालका कर्मचारी क्षमता र अनुभवको हिसाबले दुनियामा कम नभएको भए पनि तत्तपरता लिने आँट भने नभएको गुनासो गरे । उनले कम्पालामा भएको असग्लन राष्ट्रको सम्मेलनले अन्तर्राष्ट्रिय शान्ति, स्थिरता, संयुक्त राष्ट्रसंघको, सुदृढीकरणमा जोड दिएको बताए ।। 

प्रतिक्रिया