पूर्वराजा ज्ञानेन्द्र शाह आज बागमती प्रदेशको राजधानी हेटौडा जाँदै

पूर्वराजा ज्ञानेन्द्र शाह आज बागमती प्रदेशको राजधानी हेटौंडा जाँदैछन । हेटौंडामा रहेका धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आराधना र शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाटका उनी हेटौडा जान लागेका हुन । पूर्वराजा शाहलाई हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरमा स्वागतको तयारी छ । आजै उनले हेटौंडा–१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बा र  हेटौंडा–१० स्थित भुटनदेवी मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । उनले हेटौंडा–५ स्थित हेटौंडा रिसोर्टमा शुभेच्छुकसँग भेटघाट गर्ने तालिका पनि रहेको छ । धार्मिक यात्राका क्रममा केही समयदेखि पूर्व राजा सिमरामा छन । उनको वीरगञ्जमा नागरिक अभिनन्दनको पनि तयारी छ  । यसअघि शनिवार पूर्वराजा ज्ञानेन्द्र शाहले जीतपुरसिमरा  उपमहानगर ६ स्थित मुसहर बस्ती पुगेर अनुगमन गरेका थिए । करिब दुई सातादेखि सिमरामा रहेका पूर्वराजा शाह परिवारका सदस्यले शनिवार मुसहर बस्तीमा पुगेका हुन् । प्रभु शमशेर जबरा तथा राजी राणा परोपकार निजी गुठीले गत असोज १२ गते मुसहर समुदायका २० परिवारलाई उक्त बस्ती हस्तान्तरण गरेको थियो । 
 

प्रतिक्रिया