एलआरआईमा चिनियाँ भाषा शिक्षक विशेषज्ञ तालिमको उद्घाटन

नेपालस्थित चिनियाँ दूतावासका राजनीतिक सल्लाहकार वाङ जिनले नेपालमा स्थानीय चिनियाँ भाषा शिक्षकको विशेषज्ञ तालिमको २०२४ को कार्यक्रम उद्घाटन गरेका छन् । कलंकी रहेको एलआरआई स्कुलमा आयोजित एक कार्यक्रममा तालिमको उदघाटन गरिएको हो । वाङ जिनले स्कुलमा संचालित कन्फ्युसियस कक्षाको भ्रमण समेत गरेका छन् । जनवादी गणतन्त्र चीनको शिक्षा मन्त्रालयको भाषा शिक्षा र सहयोग केन्द्रले कन्फ्युसियस कक्षामा सहयोग गर्दै आएको छ । कार्यक्रमा जिल्ला शिक्षा समन्वय इकाइ, काठमाडौंका अधिकारी युवराज दाहाल र सबै क्षेत्रका अन्य सम्बन्धित व्यक्तिहरूले एलआरआईको कन्फ्युसियस कक्षाको भ्रमण गरेका थिए । तालिम कार्यक्रमले नेपालमा अन्तर्राष्ट्रिय चिनियाँ शिक्षामा संलग्न रहेका स्थानीय चिनियाँ भाषा शिक्षकहरूलाई आफ्नो व्यावसायिक सीपमा थप सुधार गर्न र चिनियाँ संस्कृतिको गहिरो बुझाइ प्राप्त गर्ने अवसर प्रदान गर्ने अपेक्षा छ । यस्तो कार्यक्रमले नेपालमा चिनियाँ शिक्षाको समृद्ध विकासमा इँटा थपिने विश्वास लिइएको छ ।

प्रतिक्रिया