गाजामा युद्धविरामको माग गर्दै जोर्डनमा प्रदर्शन

काठमाडौं । गाजामा युद्धविरामको माग गर्दै जोर्डनमा प्रदर्शन भएको छ । गाजापट्टीमा युद्धविराम गर्न आह्वान गर्दै सयौँ मानिसले जोर्डनको राजधानी अम्मानमा रहेको अमेरिकी दुतावास नजिकै प्रदर्शन गरेका हुन् । सय दिन लचिलोपन भन्ने नारासहित प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूले गाजामा थप सहायता पु¥याउन पनि आग्रह गरे । जोर्डनका विभिन्न संघ, पार्टी र आदिवासी जनजातिहरु प्रदर्शनमा सहभागी भएका थिए ।

प्रतिक्रिया