देशलाई चार नेताले बन्धक बनाए: जनमत पार्टीका अध्यक्ष राउत


काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवं प्रतिनिधीसभाका सदस्य डा. सिके राउतले देशलाई पुष्पकमल दाहाल, शेरबहादुर देउवा, केपी ओली र माधब नेपालले बन्धक बनाएको आरोप लगाएका छन् । शनिबार विहान सप्तरीको राजविराजमा पत्रकार सम्मेलन गर्दै डा. राउतले शासन ब्यबस्था उत्कृष्ट रहेपनि देश संचालन चार जना नेतामा मात्र सिमित भएको आरोप लगाएका हुन् । उनले अदालतदेखि अख्तियार लगायतका सबैधानिक निकाय पनि चार नेताको सेरोफेरोमा चल्ने गरेको आरोप लगाए । 
अध्यक्ष राउतले अहिलेको सरकार र गठबन्धबाट धेरै अपेक्षा गर्ने ठाउँ नभएको बताउँदै अब सडकमै आउनुपर्ने अबस्था सृजना भएको दाबी समेत गरे । उनले संसदमा स्वतन्त्र रुपमा बोल्ने अधिकार समेत जननिर्वाचित सासंदलाई नरहेको जिकिर समेत गरे ।

प्रतिक्रिया