विवादका विच कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन

काठमाडौं । विवादका विच कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गरिएको छ । यसअघि निर्माण गरिएको शिलालेख भत्काएर एमालेका विरोधका विच नगर प्रमुख वीरेन्द्र भट्टले भवन उदघाटन गरेका हुन । एमालेवाट निर्वाचित तत्कालिन नगर प्रमुख हरि सिंह साउदले गलत तरिकाबाट भवनको उद्घाटन गरेकाले पुन उद्घाटन गर्नुपरेको दावी भट्टको छ । 
नगरप्रमुख भट्टले एसियाली विकास बैंकको सहयोगमा बनेको भवन हस्तान्तरण नहुँदै विगतमा उद्घाटन भएकाले दोहो¥याएर गर्नुपरेको दाबी गरे । उदघाटनमा एमाले बाहेकका दलको सहमति समेत रहेको उनको भनाइ छ । शिलान्यासमा पूर्व नगरप्रमुखको नाम भने राखिएको छ । भवनको दोस्रो पटक उदघाटन गरेको भन्दै एमालेले भने नगरपालिका घेराउ गरेको छ । भवन एसियाली विकास बैंकको ऋण सहयोगमा बनेको हो । तत्कालीन नगरप्रमुख साउँदले निमार्ण सम्पन्न नहुँदै भवनको उदघाटन गरे पनि नगरपालिकाले सो पश्चात २ वर्षसम्म भाडाको भवन बाट सेवा दिँदै आएको थियो । नगरपालिकाले भर्खर मात्र नवनिर्मित भवनबाट सेवा सुरु गरेको छ ।

प्रतिक्रिया