टर्की प्रहरीद्धारा इस्लामिक स्टेट आईएससँग संवद्ध ३६ जना संदिग्धलाई पक्राउ

काठमाडौं । टर्की प्रहरीले गत तीन दिनमा इस्लामिक स्टेट आईएससँग संवद्ध ३६ जना संदिग्धलाई पक्राउ गरेको हो । संदिग्धहरूलाई देशका ११ प्रान्तहरूमा अपरेशन हीरोज–४५ को भागको रूपमा पक्राउ गरिएको हो । टर्कीका गृहमन्त्री यर्लिकायाले तुर्कियाले कुनैपनि आतंकवादीलाई देशको शान्ति, एकता र एकतामा खलल पार्ने अनुमति नदिने बताएका छन । कारबाहीमा प्रहरीले ठूलो परिमाणमा विदेशी मुद्राका साथै डिजिटल सामग्री र कागजपत्र समेत बरामद भएको छ । टर्की सरकारले २०१३ मा आइएसलाई आतंकवादी संगठनको रूपमा तोकेको थियो ।
 

प्रतिक्रिया