दक्षिणी फिलिपिन्सको खानी गाउँमा पहिरो खस्दा सात जनाको मृत्यु

काठमाडौं । दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तको एउटा खानी गाउँमा बिहीवार पहिरो खस्दा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य चार जना बेपत्ता भएका छन् । नागरिक रक्षा कार्यालयले पहिरोले घर पुरिँदा पाँच बालबालिका र दुई वयस्कको मृत्यु भएको र एक वर्षीय बालकसहित दुई जना गम्भीर घाइते भएको जानकारी दिएको छ । भारी वर्षा जारी रहेको र यस क्षेत्रका धेरै ठाउँमा बाढीको खतरा औल्याइएको छ ।  राष्ट्रिय प्रकोप जोखिम न्युनिकरण तथा व्यवस्थापन परिषद्ले मिन्डानाओ टापुको डाभाओ क्षेत्रका चार प्रान्तमा भारी वर्षाका कारण झन्डै ४५ हजार परिवार वा १ लाख ८७ हजारभन्दा बढी मानिस बाढी र पहिरोबाट प्रभावित भएको जनाएको छ ।

प्रतिक्रिया