गठबन्धन सरकार निकम्मा र देशद्रोही भयो: ओली

देशलाई जोगाउन सरकारविरुद्ध आन्दोलनमा उत्रनुपर्नेमा जोड

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले वर्तमान सरकारलाई बुख्याचाको संज्ञा दिएका छन । आज पार्टी केन्द्रिय कार्यालय च्यासलमा पार्टी निकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकार निकम्मा र देशद्रोही भएको टिप्पणी गरेका हुन । सत्ता गठबन्धनका नेताहरु भ्रष्टाचारी कमिसनतन्त्रीय वंश भन्दै अध्यक्ष ओलीले जनताको बलमा सरकारविरूद्ध आन्दोलनमा उत्रनुपर्ने र देश बर्बाद हुनबाट जोगाउनुपर्ने आवश्यकता पनि औंल्याए । अध्यक्ष ओलीले अहिले देश बर्बाद हुँदै गएको भन्दै मिसन ०८४ कुर्न नसक्ने अवस्था आउने उल्लेख गरे । बर्बादी नरोकिए वर्तमान गठबन्धन भत्काएर भएपनि सरकार सञ्चालन गर्ने आशय उनको थियो । अध्यक्ष ओलीले वर्तमान सरकार भ्रष्टाचारी र भ्रष्टाचारीहरुको संरक्षणमा लागेको आरोप पनि लगाए ।  मिसन ०८४ मा हरेक ठाउँमा ५१ प्रतिशत भन्दा बढी आफ्नो शक्ति बनाउने गरी अघि बढ्न आवश्यक रहेको अध्यक्ष ओलीले उल्लेख गरे । अध्यक्ष ओलीले वर्तमा सत्ता गठबन्धन नेताहरु घाँटीमात्रै नजोडिएको भन्दै शरीर पनि जोडिएको टिप्पणी समेत गरे । हिले गठबन्धनका टाउकोमा सुगा पनि बस्ने र काग पनि बस्ने भन्दै सबैले गठबन्धनलाई चिनिसकेको उनको भनाइ थियो ।

प्रतिक्रिया