सरकार अव उत्तर–दक्षिण राजमार्गको काममा केन्द्रित हुन्छः मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकार अव उत्तर–दक्षिण राजमार्गको काममा केन्द्रित हुने बताएका छन । आज संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले पूर्व–पश्चिम राजमार्गको काम पर्याप्त भइसकेको दाबी गर्दै अब सरकारको काम उत्तर–दक्षिण राजमार्गमा केन्द्रित हुने बताएका हुन । मन्त्री ज्वालाले सो राजमार्ग व्यापारिक र त्रिदेशीय सम्बन्ध पनि जोड्ने भएकाले यसलाई उच्च प्राथमिकता दिएर सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने समेत बताए । 
बैठकमा समितिका सदस्यहरुले जनतामा आशा जगाउने खालका पूर्वाधार विकासमा जोड दिन सरकारलाई सचेत गराएका थिए । पूर्व–पश्चिम विद्युतीय रेलमार्ग अघि बढाउनेबारे निर्णय लिन ढिलाई नगर्न पनि सांसदहरुको सुझाव छ ।
सांसदहरुले मुलुकप्रतिको विश्वास जगाउने गरी सरकारले सडकलगायतका पूर्वाधार विकासको कामलाई तिब्रता दिनुपर्ने आवश्यक्ता औंल्याए । जनतालाई सास्ती हुने र मुलुकमा आर्थिक भार मात्रै पर्ने आयोजनालाई सरकारले अहिले तत्काल अघि बढाउन नहुनेमा समेत उनीहरुको जोड थियो ।

प्रतिक्रिया