कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री खड्कालाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन् । राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई दिइएको जनाएको छ । प्रधानमन्त्री युगान्डामा आयोजना हुने असंलग्न आन्दोलनको सम्मेलनमा भाग लिन गएका छन । 

प्रतिक्रिया