देशलाई वृद्धाश्रम बन्न नदिने उपप्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने प्रतिवद्धता जनाएका छन । आज स्वतन्त्र उर्जा उत्पादक संघ इप्पान को २४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले देशलाई कुनैपनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा नराख्ने बताएका हुन । उपप्रधानमन्त्री श्रेष्ठले विदेश गएका युवाहरुलाई स्वदेशमै फर्काउन नयाँ ढङ्गबाट काम गर्नुपर्ने आवश्यकता रहेको औंल्याए । 
उपप्रधानमन्त्री श्रेष्ठले उत्पादन, रोजगारी बढाउने र व्यापार घाटा कम गर्ने दिशातिर देशलाई लैजानसके मात्रै युवाहरुलाई स्वदेशमै राख्न सकिने वस्तुगत आधार तयार हुने बताए । अब पनि वकवक गरेर बस्ने र ढिला गर्ने समय सरकारलाई नरहेको जिकिर उनले गरे । 

प्रतिक्रिया