प्रदेशको नामकरण संघीयताविपरीत भएको उपेन्द्र यादवकाे आरोप

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको नामकरण संघीयताविपरीत भएको आरोप लगाएका छन् । बुधबार साँझ मधेश प्रदेश सरकारले प्रदेशको नाम घोषणा भएको स्मरणमा आायेजित स्वाभिमानी दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष यादवले मधेश प्रदेशबाहेकको नाम संघीयताविपरीत राजा महेन्द्रको पथमा राखिएको उल्लेख गरे ।
अध्यक्ष यादवले पहिचानमा आधातिर प्रदेश मधेश प्रदेश मात्रै रहेको दाबी समेत गरे ।संघीयताविपरीत नामकरण गरिएकाले नै कोशी प्रदेशको नाम जनताले अस्वीकार गरेको उनको भनाइ छ । अध्यक्ष यादवले मधेश प्रदेशको मुख्य चुनौती भ्रष्टाचार रहेको बताए । उनले प्रदेशको समुन्नत विकासका लागि सुशासन अपरिहार्य रहेको भन्दै भ्रष्टाचारविरुद्ध निर्मम भएर काम गर्न आग्रह गरे ।

प्रतिक्रिया