जाजरकोट भूकम्प पुनर्निर्माणका लागि ७३ अर्ब लाग्ने

सरकारी संरचनामै चौध अर्ब लाग्ने अनुमान

भूकम्पपछिको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ७३ अर्ब रुपैयाँ लाग्ने भएको छरु। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत वर्ष भूकम्पले क्षति पु¥याएका डोटीसहित जाजरकोट, रुकुम पश्चिम, बाजुरा, सल्यान र बझाङमा स्थायी संरचना निर्माणका लागि सो रकम आवश्यक पर्ने जनाएको हो । भूकम्पबाट क्षतिपछिको आवश्यकता आकलन कार्यदलले स्थायी संरचना निर्माणमा ७३ अर्ब ७९ लाख र पुनर्निर्माणका लागि ४८ अर्ब २९ करोड ४९ लाख रुपैयाँ लाग्ने अनुमान गरेको हो । पुनःस्थापनाका लागि मात्र २८ करोड ९६ लाख लाग्ने प्राधिकरणको अनुमान छ । मठमन्दिर, विद्यालय, सरकारी कार्यालय भवन पुनर्निर्माणका लागि लागि १३ अर्ब ८७ करोड ५४ लाख लाग्ने अनुमान छरु। भूकम्पले क्षति पुगेका घरहरू थपिने क्रम जारी रहेकाले त्यस्ता घरधुरीको संख्या ९५ हजार ७ सय ८७ पुग्ने प्रारम्भिक अनुमान छरु। भूकम्प प्रभावित पाँच जिल्ला जाजरकोट, रुकुम पश्चिम, बाजुरा, सल्यान र बझाङमा अहिलेसम्म कुल लाभग्राहीको संख्या ६७ हजार ७८० रहेको प्राधिकरणले जनाएको छरु।।
 

प्रतिक्रिया