राष्ट्रिय सभा निर्वाचनको नमुना मतपत्र सार्वजनिक

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि मतपत्रको नमुना सार्वजनिक गरेको छ । आज आयोगले आफ्नो वेबसाइटमा वास्तविक मतपत्रको नमुना मतपत्र सार्वजनिक गरेको हो । आयोगले प्रदेश अनुसार फरक–फरक नमुना पत्र बेवसाइटमा राखेको छ ।  स्थानीय तहका प्रमुख उप प्रम्ख तथा अध्यक्ष–उपाध्यक्षले रातो रंगको मतपत्रमा मतदान गर्नेछन् भने प्रदेश सभा सदस्यहरूले हरियो रंगको मतपत्रमा मतदान गर्नेछन् । माघ ११ गते राष्ट्रिय सभाका १९ जना सदस्यका लागि  निर्वाचन हुँदैछ । राष्ट्रिय सभा निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार मैदानमा छन् । सत्ता साझेदार दलले गठबन्धन गरेर उम्मेदवार उठाएका छन । प्रतिपक्षी एमालेले पनि सबै पदमा उम्मेदवारी दिएको छ ।  राप्रपा, नेमकिपा, जनमतले पनि केही पदमा उम्मेदवारी दर्ता गरेका छन । 

file:///Z:/Editors/namuna%20matpatra/Sudurpaschim.pdf;

प्रतिक्रिया