चीनको जनसंख्या लगातार दोस्रो वर्ष पनि घट्यो

चीनको जनसंख्या लगातार दोस्रो वर्ष पनि घटेको छ । चीनको तथ्यांकअनुसार यहाँको जनसंख्या १ सय ४० करोड अर्थात् एक अर्ब ४० करोड रहेको छ । यो गत वर्षको तुलनामा करिब २० लाख कम हो । तथ्यांकहरूले चीनमा जन्मदर घट्दै गएको र देश द्रुत रूपमा सहरीकरण भइरहेको देखाएको हो । चीनले आफ्नो जन्मदर प्रतिएक हजार मानिसमा ६ दशमलब ३९ मा झरेको बताएको छ । यो जनसंख्या घद्दो क्रममा नयाँ रेकर्ड भएको उसको भनाइ छ ।  घटदो जनसंख्याले विश्वको दोस्रो ठूलो अर्थतन्त्रको भविष्यको विकासमा चिन्ता थपेको छ । सन् १९८० देखि २०१५ सम्मको विवादास्पद एक बच्चा नीति पछि, चीनले विगतका वर्षहरूमा परिवारहरूलाई बच्चा जन्माउन प्रोत्साहित गर्न अनुदान र अन्य नीतिहरूको सहारा लिएपनि खासै प्रभाव परेको नदेखिएको हो । देशका महिलाहरूमा जीवनको गुणस्तर र करियरको बारेमा बढ्दो चेतनाको बीचमा जन्मदर निरन्तर घट्दै गएको छ ।विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश गत वर्ष नै दोस्रो स्थानमा आएको थियो । त्यसपछि भारतले नै विश्वको धेरै जनसंख्या भएको मुलुकको पहिलो स्थानमा आफूलाई उभ्याएको थियो । यो क्रम अझै जारी छ ।जहाँ भारतको जनसंख्या १ सय ४२ करोड अर्थात १ अर्ब ४२ करोड छ । 

प्रतिक्रिया