सीमावर्ती क्षेत्रका निर्माणका समस्या बोकेर मुज्जपरपुर पुगे विमलेन्द्रनिधी

पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि र भारतको बिहार मुजफ्फरपुरका लोकसभा सदस्य अजय निषादबीच मुजफ्फरपुरमा भेटवार्ता भएको छ । धनुषाको नगराइन र मुखियापट्टी मुसहरनिया पालिकाका विभिन्न सीमावर्ती वडामा निर्माण अवरुद्ध भएका विषयमा निधिले भारतीय पक्षसँग छलफल गरेका हुन । । भेटका क्रममा निधिले आफूले पुलहरुको स्थलगत निरीक्षण गर्दा भारतीय सुरक्षाकर्मीहरुले संरचना बन्न नदिनुको कारण माथिको आदेश भएको बताएको पनि निषादलाई जानकारी गराएका छन ।
पुल बन्दा दुवै देशका नागरिकलाई सहज हुने निधिको भनाइ थियो । सो क्रममा निधिले आफूहरु नेपालको मात्र नभई सीमावर्ती भारततर्फको जनताको भावना पनि सुनाउन आएको बताए । भेटमा भाजपाका नेतासमेत रहेका निषादले आफ्नो पार्टीको नेतृत्वमा केन्द्रीय सरकार मेत रहेको बताउँदै गृहमन्त्री अमित साहसँग कुरा गरेर समस्या समाधान गर्ने वचन दिएका छन । 
नेपालको जटही र भारतको पिपरौन जोड्ने मुख्य जमुनी नदी राजघाटको पुललाई ६ लेन सडक स्तरको पुलका रुपमा स्तरोन्तिका लागि भारतीय पक्षबाट अवरोध हुँदै आएको छ र र नगराइन नगरपालिकाको ६, लगमालाई भारतको लहरनियासँग जोड्ने झुलुंगे पुलको पनि निधि नेतृत्वको टोलीले अवलोकन गरेको थियो । उक्त पुल भारतीय अवरोधका कारण निर्माण अवरुद्ध भएका छन् ।

प्रतिक्रिया