इजरायल र हमासबीच गाजामा मानवीय सहायता उपलब्ध गराउने सम्झौता

इजरायल र हमासबीच युद्धग्रस्त गाजामा मानवीय सहायता उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । कतारको मध्यस्थतामा भएको सम्झौता अनुसार हमासले बन्धक बनाएकाहरुलाई औषधी उपलब्ध गराइने भएको छ । त्यसको बदलामा इजरायलले गाजामा थप आधारभुत आपुर्ति सहज गर्न सहमत भएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बी कतार भ्रमणमा रहेकै बेला कतारको मध्यस्थतामा सम्झौता भएको हो । सम्झौता अनुसार आजै मानबीय सामग्री कतारको दोहाबाट इजिप्टका हुँदै बिहीबार बिहान सम्ममा गाजा पुग्ने छ । इजरायलले गाजामा खाद्यान्न र पानीको आपुर्तिमा रोक लगाएपछि हमासको कब्जामा रहेका सय भन्दा बढी बन्धकहरुलाई हमासले औषधीवाट बन्चित गरेपछि पछिल्लो सम्झौता भएको हो । हमासको कब्जामा अझै पनि १ सय ३२ जना बन्धक रहेको इजरायलको अनुमान छ । हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरी २ सय ४० जनालाई अपहरण गरेको थियो । सो आक्रमणमा झण्डै १३ सय मानिस मारिएका थिए । त्यसपछि इजरायलले गाजामा गरेको आक्रमणमा २४ हजारको मृत्यु भएको छ भने ६० हजार मानिस घाईते भएका छन ।। 
 

प्रतिक्रिया