आयल निगमको रिक्त कार्यकारी निर्देशकमा १४ जनाको आवेदन
नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि १४ जनाले आवेदन दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धाका लागि योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट आवेदन माग गरेकोमा १४ जनाले आवेदन बुझाएका छन् । ०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि नियुक्त भएका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गत मङ्सिर २६ मा राजीनामा दिएपछि निगमको कार्यकारी निर्देशक पद रिक्त छ ।
थानीले कार्यकाल सकिन १५ महिना बाँकी हुँदै राजीनामा दिएका हुन् ।आवेदन दिएका उम्मेदवारबाट व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण, अन्तर्वार्ता हुन्छ । सोही विधिबाट ३ जना छनोट गरी मन्त्रिपरिषदमा पेस हुन्छ । तीमध्ये मन्त्रिपरिषद्ले एक जनालाई कार्यकारी निर्देशक नियुक्त गर्ने प्रावधान हुने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया