विपद् जोखिम न्युनिकरणका गर्न नयाँ मोडेल आवश्यक: गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं उपत्यका विश्वकै भूकम्पीय जोखिम क्षेत्र मध्येमा पर्ने भएकोले जोखिम न्यूनीकरणका लागि सबै तहका सरकारले हातेमालो गर्नुपर्ने बताएका छन । २६औं भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौं महानगरपालिकाद्वारा भूगोल पार्कमा आयोजित कार्यक्रममा उनले भूकम्पीय सुरक्षााका लागि हातेमालो गरेर अघि बढ्नुको विकल्प नभएको बताएका हुन । भूकम्पलगायतका विपद् जोखिमबाट बच्न नयाँ मोडेलमा जोड दिदै उपप्रधानमन्त्री श्रेष्ठले त्यसका लागि महानगरपालिकाले प्रदेश र संघीय सरकारसँग सहकार्य गर्नु पर्ने बताए ।
काठमाडौं महानगर उपप्रमुख सुनिता डङ्गोलले नेपाल भूकम्पको जोखिममा रहेकाले भूकम्प प्रतिरोधी संरचना निर्माणमा ध्यान दिनुपर्ने बताइन । स्थानीय प्रविधिको प्रयोग गरी बाबजुद संरचना निर्माण विद्यालयवाट सुरु गर्नुपर्ने उनको भनाइ छ । 
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललेउपत्यकाका ५३ वटा भवन, संरचना र चारवटा सडक पुल भूकम्पीय जोखिमले संवेदनशील देखाएकोले तिनको पुनर्निर्माण गर्नुपर्ने बताए । कार्यक्रममा विपदका बेला भूमिका खेल्ने कर्मचारी र सुरक्षाकर्मीलाई पुरस्कृत गरिएको थियो । विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा हरेक बर्ष माघ २ गते भुकम्प सुरक्षा दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया