भुकम्प पीडित घरबारबिहीनले अझै अस्थायी ओत पाउन सकेनन, त्रिपालकै सहारामा
जाजरकोट भूकम्पका कारण घरबारविहीन भएकामध्ये अझै पनि अधिकांशले अस्थायी घरको ओत पाउन सकेका छैनन । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार अधिकांश घरबारविहीन भूकम्पपीडित त्रिपालकै सहारामा बस्न बाध्य भएका हुन । सीमित व्यक्तिले चिसो थेग्ने टेन्ट पाए पनि बाँकी हिउँदे चिसोमा छन । पीडितहरू छिटोभन्दा छिटो चिसोबाट उन्मुक्ति पाउने आसमा छन । सरकारले छिटोभन्दा छिटो अस्थायी आवास बनाउन ताकिता गरे पनि बजेट, प्राविधिक जनशक्तिलगायतको अभावका कारण स्थानीय तहले अस्थायी आवास बनाउन नसकेको प्राधिकरणले जनाएको छरु। रुकुमपश्चिम र जाजरकोटमा घरबारविहीन १० हजार एक सय जनाले अस्थायी आवास पाउन बाँकी छ । दुवै जिल्लामा गरेर १७ हजार ६१ वटा अस्थायी आवास बनिसकेको दाबी प्राधिकरणको छ । रुकुमपश्चिममा नौ हजार ६६४ अस्थायी आवास निर्माणाधीन अवस्थामा छन । १० हजार ४२३ आवास निर्माण भएर स्थानीयले उपभोग गर्न थालिसकेका छन । प्रारम्भिक गणना अनुसार जाजरकोट, रुकुमपश्चिम, सल्यान, बझाङ र बाजुराका गरी ८० हजार १५० घर भूकम्पले भत्काएको तथ्य थियोरु। पछि कुल लाभग्राहीको संख्या ६७ हजार ७८० जना तोकिएको थियो । जाजरकोटमा ४० हजार घर भूकम्पको चपेटामा परेका छन् जसमध्ये ३५ हजार १४० जना घरबारविहीन छन । त्यस्तै रुकुमपश्चिममा ३० हजार पाँच सय घरमध्ये २३ हजार ६०८ घर भूकम्पले पूर्ण भत्किएका छन । यी क्षेत्रका कुल १० हजार ३०५ अस्थायी आवास निर्माण भइरहेका छन । त्यस्तै २० हजार १४७ वटा अस्थायी आवास निर्माण सम्पन्न भएर हस्तान्तरण भइसकेको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया