इजरायल आक्रमणवाट गाजाका सर्वसाधारण भोकमरी र रोगको चपेटमा

इजरायलको आक्रमणबाट गाजामा पछिल्लो २४ घण्टामा कम्तिमा १ सय ३२ जनाको मृत्यु भएको छ ।  उत्तरी, मध्य र दक्षिणी गाजामा इजरायलले रातभर आक्रमण गरेको हो । इजरायलले आक्रमण नरोक्दा गाजामा मानवीय संकट चुलिएको पनि हप्तौं भइसकेको छ ।मानवीय सहायता एजेन्सीहरुले गाजामा छिटो र सहजरुपमा सहायता सामाग्री प्रभावितलाई पु¥याउन अपील गरेका छन् । गाजामा बाँकी रहेका सर्वसाधारणले भोकमरी र रोगको सामना गरिरहेका छन् । अक्टोबर ७ यता गाजामा इजरायली आक्रमणमा कम्तिमा २४ हजार भन्दा धेरै सर्वसाधारणले ज्यान गुमाइसकेका छन् । ६० हजार भन्दा बढी घाइते भएका छन् । हमासको आक्रमणबाट भने १ हजार १ सय ३९ इजरायली नागरिकले ज्यान गुमाएको छन । यसैविच  इजरायलले गाजा युद्धका लागि १५ बिलियन डलर थप खर्च गर्ने भएको छ । इजरायलको मन्त्रीपरिषद्ले संशोधित बजेट पारित गर्दै गाजा युद्धका लागि थप १५ बिलियन डलर खर्च गर्ने भएको हो ।गाजामा जारी युद्दमा भडकिलो खर्च गर्न नहुने भन्ने केही मन्त्रीहरूको बिरोधका बाबजुद संसोधनसहित १५ बिलियन डलरको बजेट पारित गरेको हो । 

प्रतिक्रिया