पोखरा महानगरको १४ औँ नगर सभा माघ १८ गते बस्ने

पोखरा महानगरपालिकाको १४ औँ नगर सभा  माघ १८ गते बस्ने भएको छ । पुस २९ गते महानगरको हिउँदे सभा बोलाइए पनि करको  विषय सम्बोधन हुन नसक्दा नगर सभा स्थगित भएको हो । पोखरा महानगरपालिकाका प्रवक्ता मोति तिमिल्सिनाले आर्थिक ऐनमा राजश्व सम्बन्धि विषयहरु समेटिने जानकारी गराउदै त्यसमा केही संशोधन गर्नुपर्ने विषयवस्तुहरुको लागि पोखरा महानगरपालिका वडा न ४ का अध्यक्ष देवकृष्ण पराजुलीको संयोजकत्वमा १३ सदस्य समिति गठन भएको बताए । उनले माघ १८ गते पुन सञ्चालन हुने गरी स्थगित भएको जानकारी दिए । 
बाइट
पोखरा महानगरपालिकाकाले पोखराको घरजग्गा कर घटाउने एजेण्डा नराखेपछि पोखराको कार्यपालिका बैठक स्थगित भएको थियो  । मंगलवार बस्ने भनिएको कार्यपालिका बैठक कर घटाउने एजेण्डा नराखेपछि नेपाली काँग्रेसबाट वडाध्यक्ष भएकाहरु बैठकमा सहभागी नहुने भनेसँगै बैठक स्थगित भएको थियो  ।।

प्रतिक्रिया