संविधान कार्यान्वयनका लागि आवश्यक कानुन तत्काल बनाउन राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन तत्काल बनाउन दलका शीर्ष नेताहरुलाई आग्रह गरेका छन् । संविधानको पूर्ण कार्यान्वयन नभएकाले जनतामा निराशा देखिएको बताउँदै उनले संघीय संसदमा रहेका दलहरूलाई आवश्यक कानुन बनाउन आग्रह गरेका हुन् । माघी पर्वको अवसरमा आज संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई आज शीतल निवासमा बोलाएर राष्ट्रपति पौडेलले जनतामा देखिएको निराशालाइए चिर्न संविधान कार्यान्वयन गर्नुपर्ने बताएका हुन् । यो संविधानले उत्पीडित, उपेक्षित, पिछडिएका जनतालाई अधिकार सम्पन्न बनाएको भन्दै उनले समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र साकार पार्ने प्रण गर्न आग्रह गरे । 
कार्यक्रममा उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, राष्ट्रिय सभाका उपाध्यक्ष, संघीय संसदमा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरू, संसदीय समितिका सभापतिहरू र स्वतन्त्र सांसदहरूको उपस्थिति थियो ।

प्रतिक्रिया