डेनमार्कका युवराज फ्रेडरिक बने नयाँ राजा

डेनमार्कका युवराज फ्रेडरिक राजा भएका छन् । उनलाई डेनमार्कका प्रधानमन्त्रीले हिजो औपचारिक रूपमा राजा घोषणा गरेका हुन् । महारानी मार्गरेट द्वितीयले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै  तत्कालीन युवराज फ्रेडेरिकलाई राजगद्दी हस्तान्तरण गरिएको अन्तर्राष्ट्रिय समाचारमाध्यम सिन्ह्वाले जनाएको छ । यसअघि डेनमार्ककी महारानी मार्गरेट द्वितीयले नयाँ वर्षको टेलिभिजन सम्बोधनमा पद त्यागको घोषणा गरेकि थिइन् ।  त्यही समयमा उनले सिंहासन युवराज फ्रेडरिकलाई हस्तान्तरण गर्ने बताएकी थिइन् ।

प्रतिक्रिया