सरकार संकट र चुनौतिबाट गुज्रिरहेको छ:  शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सरकार संकट र चुनौतीबाट गुज्रिरहेको बताएका छन । आज दाङमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा उनले राजनैतिक अस्थिरता र अराजकताको सामना सरकारले गरिरहेको बताएका हुन । महासचिव पोखरेलले राज्य र सरकार कमजोर हुँदा बाह्य चलखेल र हस्तक्षेप अस्वाभाविक रुपमा बढेको समेत बताए । भूराजनीतिक द्वन्द्व क्रिडास्थलका रुपमा नेपाललाई प्रयोग गर्ने जोखिम बढेको उनको भनाइ छ । 
महासचिव पोखरेलले विकास र निर्माणका हिसाबले अहिलेको सरकार इतिहास मै अयोग्य रहेको समेत बताए । नेपाली नागरिकहरूले विद्युत बाल्न नआएको अवस्थामा अहिलेको सरकारले  भारतलाई यति विद्युत बेच्ने भयौँ, भन्ने कुरा उचित नभएको उनको भनाइ छ । अहिलेको परिवर्तन प्रति नै अनास्था तथा अविश्वास  सृजन गर्ने हिसाबले अनेक प्रकारका अराजकतावादी विभाजनकारी प्रवृत्तिहरू बढिरहेको समेत महासचिव पोखरेलले बताए । अहिलेको सत्ता अयोग्य र अकर्मन्य रहेको कुरा कोशी प्रदेशको नामाकरणमा देखिएको दाबी पनि उनले गरे ।
 

प्रतिक्रिया