सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवासमा बस्दै

सत्ता गठबन्धनको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा राष्ट्रिय सभा निर्वाचन, सत्य निरुपण तथा बेपत्ता छानविन विधेयकलगायतका विषयमा छलफल हुने बताइएको छ । बैठक माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउने विषयमा केन्द्रित हुने नेताहरुले बताएका छन । बैठकवाट सत्ता गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन गठबन्धन दलका शीर्ष नेताहरूले साझा अपिल गर्ने तयारी छ । सत्तारुढ चार दलले राष्ट्रिय सभाको रिक्त हुने १९ सिट बाँडफाँट गरिसकेका छन् । संक्रमणकालीन न्यायलाई टुंगोमा पु¥याउन दलहरुविच छलफल भएपनि निस्कर्ष निस्केको छैन । संसदीय समितिले पनि शीर्ष तहमा छलफलवाट टुंग्याउनुपर्ने बताएको छ । सरकारले आगामी संसद अधिवेशनबाट सत्य निरुपण तथा बेपत्ता छानविन सम्बन्धी विधेयक पास गर्ने तयारी गरिरहेको छ । 
 

प्रतिक्रिया