इजरायल हमास युद्धको एक सय दिन पूरा, आक्रमण नरोकिने नेतान्याहुको भनाइ
हमास र इजरायलबीच गाजामा जारी युद्धको एक सय दिन पूरा भएको छ । युद्ध एक सय दिन पुगेपछि एक सम्बोधनमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध नरोकिने बताएका छन् । नेतान्याहुले हेगको अन्तर्राष्ट्रिय अदालतमा इजरायलविरुद्ध दक्षिण अफ्रिकाले लगाएको प्यालेस्टिनी नरसंहारको आरोपलाई पनि अस्वीकार गरेका छन । उनले हेग न त कुनै अन्य शक्तिले इजरायललाई नरोक्ने उनको भनाइ छ । गाजामा आक्रमण इजरायलले जित हासिल नगर्दासम्म जारी रहने पनि उनको भनाइ छ । गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा १ सय ३५ प्यालेस्टिनीको मृत्यु भएको छ । आक्रमणमा ३ सय १२ जना घाइते भएका छन । अक्टोबर ७ यता गाजामा इजरायली आक्रमणमा कम्तीमा २३ हजार ८ सय ४३ व्यक्तिको मृत्यु भएको छ । ६० हजार ३ सय १७ जना घाइते भएका छन् । इजरायल र हमासबीचको पछिल्लो द्वन्द्व सुरु भएयता मध्यपूर्वमा पत्रकार मारिनेक्रम बढेको छ ।गत अक्टोबर ७ यता गाजापट्टी, इजरायल र लेबनानमा गरि कम्तिमा ८२ पत्रकार मारिएका छन् । मारिनेमा ७५ प्यालेस्टिनी, चार इजरायली र तीन लेबनानी पत्रकार छन् ।।
प्रतिक्रिया