राष्ट्रपति पौडेलद्धारा एफएआको प्रतिनिधिमण्डलसंग शिष्टाचार भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन एफएओका महानिर्देशक डा क्यू डोङ्ग्यू को नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज बिहान भएको सो भेटवार्तामा राष्ट्रपति पौडेलले कृषिलाई सम्मानित र आकर्षक पेशा बनाउन सके नेपाल आत्मनिर्भर हुन सक्ने बताउँदै यसमा नेपालले विश्व खाद्य संगठनबाट सहयोगको अपेक्षा गरेको बताएका छन । जलवायु परिवर्तनको प्रभाव कृषि क्षेत्रमा पनि परेको उल्लेख गर्दै उनले पानीको स्रोत संरक्षण गर्न र जलवायु परिवर्तनले कृषि उत्पादनमा पारेको प्रभाव न्यूनिकरण गर्नेतर्फ अब विश्व समुदायको ध्यान जानुपर्नेमा जोड दिएको सचिवालयले जनाएको छ । उनले एफएओलाई नेपालको विशिष्ट जलवायु संवेदनशीलतालाई बुझन र त्यसका लागि वित्तीय, प्राविधिक र क्षमता विकाससँग सम्बन्धित संशाधनहरूमा वृद्धि गर्न आग्रह गरे । सो अवसरमा नेपालको कृषि क्षेत्रको क्षमता अभिवृद्धका लागि प्राविधिक सहयोग गर्न कृषि तथा खाद्य संगठन सदैव तयार रहेको महानिर्देशक डोङ्ग्यूले बताएका छन ।
प्रतिक्रिया