रुसी सेनामा भर्ती भएका प्यूठानका सोनु सुनारको मृत्यु
रुसी सेनामा भर्ती भएका प्यूठान नगरपालिका–४ काठेवरका सोनु सुनारको रुस–युक्रेन युद्धका क्रममा मृत्यु भएको छ। योसँगै रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १२ पुगेको छ। दुई वर्षअघि रोजगारीका लागि कतार गएका उनी त्यतैवाट रुस गएर सेनामा भर्ती भएका थिए । सुनारको मृत्युबारे परराष्ट्र मन्त्रालयले पुष्टि गर्न बाँकी छ। यसअघि परराष्ट्रले १० नेपालीको मृत्यु भएको पुष्टि गरिसकेको छ। मन्त्रालयले मृत्यु पुष्टि गरेकामा स्याङ्जाका हरिप्रसाद अर्याल र प्रितम कार्की, कैलालीका भरतबहादुर शाह, धादिङका राजकुमार गिरी, इलामका गंगाराज मोक्तान, दोलखाका राजकुमार कार्की, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल छन। मंसिर १८ मा मारिएका धादिङका पूर्णबहादुर गुरुङको आधिकारिक सूचना मन्त्रालयले बाहिर ल्याएको छैन। गुरुङ परिवारले भने उनको काजकिरिया गरिसकेको छ। परराष्ट्रले १० र पारिवारिक स्रोतबाट भएको पुष्टिले १२ नेपालीको मृत्यु भएको खुल्न आएको हो।
प्रतिक्रिया