एभिन्यूज खबर प्रभाव: मुग्लिनस्थित चार्जिङ्ग स्टेशन मर्मत भइ सञ्चालनमा
चितवनको मुग्लिन बजारमा २ महिनादेखि विग्रेको नेपाल विद्युत प्राधिकरणको चार्जिङ्ग स्टेसन बनेको छ । झण्डै दुई महिनादेखि चार्जिङ स्टेसन बिग्रीएर सेवाग्राहीहरुले हैरानी वेहोर्नु परेको खबर एभिन्युज खबरले प्रशारण गरेपछि बिहीवार चार्जिङ्ग स्टेशन मर्मत भइ सञ्चालनमा आएको हो । चार्जिङ्ग गर्दा सतर्कता नअपनाएका कारण नोजलमा समस्या आएको र अहिले नयाँ फेरेको प्राविधिकहरुले जनाएका छन् ।
सञ्चालनमा आएको एक वर्ष नबित्दै चार्जिङ स्टेसनमा ‘चार्ज’ गर्ने ‘नोजल’ फुट्नुका साथै स्टेसनका दुई डिसी चार्जर बिग्रदा एउटा एसी चार्जरले मात्र विद्युतीय सवारी चार्ज गर्दै आएको थियो । जसले गर्दा घण्टौं कुर्नुपर्ने समस्या रहदै आएको थियो ।
प्रतिक्रिया