आज पृथ्वी जयन्ती, एकता दिवसको रुपमा विभिन्न कार्यक्रम गरी मनाइँदै
आज पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती, पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको रुपमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अबसरमा सिंहदरवारको पश्चिम गेटस्थित सिंहको शालिक रहेको स्थान र र मुलुकका बिभिन्न ठाँउमा कार्यक्रमहरुको आयोजना गरिदैछ । दिवसका अबसरमा राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन ।
आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै राष्ट्रपति पौडेलले माल्यापर्ण गरेका हुन । सो क्रममा सेनाको टोलीले सम्मान गारत समेत अर्पण गरेको थियो । माल्र्यापणमा सहभागी सर्वसाधारणले राष्ट्रनिर्माता शाहको योगदान सधै स्मरणीय रहने बताए ।
विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका सन्तानका रूपमा पृथ्वीनारायण शाहको जन्म भएको थियो । उनले ५२ राज्यमा विभाजित नेपालको सीमा पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए । सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको शुरुवात गरेका थिए । पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
प्रतिक्रिया