राष्ट्रिय एकता दिवसमा राष्ट्रपति र प्रमुख दलका नेताको शुभकामना सन्देश

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अबसरका संबैधानिक निकायका प्रमुख र प्रमुख दलका नेताहरुले शुभकामना प्रकट गरेक छन । दिवसका अबसरमा शुभकामना सन्देश दिदै राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक रहेको बताएका छन । उनले शाहका दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रसँग कूटनैतिक सम्बन्ध निर्माणमा मार्गदर्शकका रूपमा रहेको उल्लेख गरेका हुन । स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पु¥याएको योगदानलाई बिर्सन नहुने उनको भनाइ छ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र सुशासनको अधिकारलाई आत्मसात् गर्दै मुलुकको समृद्धिका निम्तिक्रियाशील हुन आग्रह गरेका छन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको नेतृत्व र मार्गदर्शनमा सुरु भएको नेपाल एकीकरणले मुलुकको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेको बताएकी छिन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पृथ्वीनारायण शाहले अवलम्बन गरेका अर्थतन्त्र, परराष्ट्रलगायत कतिपय नीतिहरू अझपनि सान्दर्भिक रहेको बताएका छन् । 
 

प्रतिक्रिया