राष्ट्र निर्माताको दिव्य उपदेशलाई पछ्याउँदै अघि बढ्न पूर्वराजा शाहको आह्वान

नागरिकले पहिचान भुल्न नसक्ने उल्लेख

पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र निर्माता  पृथ्वीनारायण शाहको दिव्य उपदेशको पदचापलाई पछ्याउँदै अघि बढ्न आह्वान गरेका छन् । ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले राष्ट्रनिर्माताबाट भएका योगदान, कोरिएका मार्गचित्र तथा दिव्य उपदेशको स्मरण गर्दै त्यसको पदचापलाई पछ्याउँदै आह्वान गरेका हुन् । उनले राष्ट्रनिर्माताबाट अभिव्यक्त भएका दिव्य धारणालाई मनन गरेर राष्ट्रलाई सदाचारयुक्त र सम्पन्नशाली बनाउनु पर्ने टड्कारो आवश्यकता रहेको पनि औंल्याएका छन् । राष्ट्र भनेको भुगोल मात्र नभई जनताको साझा थलो भएको स्मरण गराउँदै  पूर्वराजा शाहले राष्ट्रवासी सबैले अनुभव गर्न सक्ने स्वतन्त्र सार्वभौम, मौलिक, साधिकारको धरोहर राष्ट्र भएको बताएका हुन् ।  आफ्नो इतिहास, आफ्नो स्वत्तत्व र आफ्नो अस्तित्वलाई भुलेर हामी जे जसरी जतातता भड्किए पनि आखिर नेपालको माटो र नेपाली मुटुले आफ्नोपन र पहिचान भुल्न नसक्ने पूर्वराजा शाहको सन्देशमा उल्लेख छ । 
 

प्रतिक्रिया