नारायणगढ—बुटवल सडकको काममा तिब्रता आएको छः मन्त्री ज्वाला

 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नारायणगढ—बुटवल र मुग्लिन—पोखरा सडक खण्डको कामले तिब्रता पाएको बताएका छन । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले दुवै राजमार्गहरुको एक साइट टु लेन छिटो भन्दा छिटो सक्ने गरी काम अघि बढाइएको दाबी गरेका हुन । मन्त्री ज्वालाले सडकखण्डका मुख्य समस्या स्थानीय निर्माण सामग्री रहेको पनि बताए । 
मन्त्री ज्वालाले निर्माण सामग्रीको हकमा पनि नारायणगढ—बुटवलको पूर्वीखण्डमा समस्या नरहेको तर पश्चिम खण्डमा रहेको केही समस्याको समाधानका लागि स्थानीय तहसँग समन्वय र सहकार्यको पहल गरिरहेको बताए । सडकखण्डहरुमा अहिले विद्युत पोल र तारको केही समस्या रहेपनि चाँडै त्यसको समाधान हुने उनले बताए । मन्त्री ज्वालाले सरकारले लगाएका ठेक्का पट्टालाई काम लगाउने नै पहिलो प्राथमिकता बनाएको बताए । उनले काम गरे÷नगरेको बारेमा मन्त्रालयको टिम नै गएर अवलोकन एवं निरीक्षण गर्ने र कााम नभएको देखिए ठेक्का तोड्ने पनि बताए । 
 

प्रतिक्रिया