जलवायु परिवर्तनले किशोरीमा पारेको असरबारे अध्ययन प्रतिवेदन सार्वजनिक
जलवायु परिवर्तनले किशोरीहरुको जीवनमा पारेको असरबारे अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । जलवायु परिवर्तनले किशोरीहरुमा पारेको असर सम्बन्धमा नेपालसहित अस्ट्रेलिया र इण्डोनेसियामा अध्ययन गरिएको प्रतिवेदन सार्वजनिक गरिएको हो । अध्ययनले जलवायु परिवर्तनका कारण किशोरीहरुको शिक्षा, स्वास्थ्य र खानपानमा असर परेको देखाएको छ ।
अध्ययनमा सहभागी ९८ प्रतिशत किशोरीहरुले जलवायु परिवर्तनले आफूहरुको शिक्षामा बढी असर परेको बताएका छन् । शिक्षामा परेको प्रभावले दीर्घकालिन रुपमा रोजगारीसँग जोडिएर भविष्यमा नै ठूलो प्रभाव पार्ने अध्ययनमा देखाइएको छ । रोजगारीकै समस्याका कारण पनि किशोरीहरुमा थप मानसिक समस्या निम्त्याउने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ ।अध्ययनमा बाँके, बर्दिया, सिन्धुली, मकवानपुर, लगायतका किशोरीहरु सहभागी थिए । ३० जना अध्ययन कर्ता किशोरीहरुले अनुसन्धान गरी तयार पारिएको ‘फर आवर फ्युचर्सः युथ भ्वाइस अन क्लाइमेट जस्टिस एण्ड एजुकशेन’ लाई प्लान इन्टरनेसनले काठमाडौंमा सार्वजनिक गरेको हो ।
प्रतिक्रिया