सेयर बजारमा सामान्य अंकले गिरावट
सेयर बजार आज सामान्य अंकले घटेको छ । शेयर बजार परिसूचक आज शुन्य दशमलब ६२ अंकले घटेर २ हजार ८८ दशमलब ९९ को विन्दुमा कायम भएको हो । आज दुई करोड २१ लाख ३२ हजार ७६८ कित्ता सेयर चार अर्ब ३० करोड ७७ लाख ६३ हजार रुपैयाँमा किनबेच भएको छ । आज १ सय २१ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय १७ कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनीको सेयर मूल्य स्थिर छ । कारोबारमा रहेका ६ कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । ६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । १३ मध्ये चार उपसमूहको मात्र समूहगत सूचक बढेको छ । नेपाल एसबीआई बैंक ऋणपत्रको सेयर मूल्य ९.६० प्रतिशतले घटेको छ ।
प्रतिक्रिया