संक्रमणकालीन विधेयक संसदमा छिटो पेश गर्न सांसदहरुको माग

प्रमुख दलका सांसदहरुले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदमा छिटो पेश गर्नुपर्नेमा जोड दिएका छन । आज सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा प्रमुख दलका सांसदले पीडितमैत्री हुनेगरी विधेयक संसदमा प्रश्तुत गर्नुपर्ने बताएका हुन । छलफलमा सांसदहरुले संक्रमणकालीन न्यायका विषय सहमतिबाटै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक टुंगो लगाउनुपर्ने बताए । 
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकहरु आफ्नो पार्टीले टुंग्याउन दिएन भनेर गलत प्रचार नगर्न आग्रह गरेको छ । 
कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आगामी अधिवेशनमा संक्रमणकालीन न्यायासँग सम्बन्धित विधेयक सहमतिबाटै संसदमा प्रश्तुत हुने बताए । 
मन्त्री गुरुङले अब विदेशीसँग संक्रमणकालीन न्याय टुंगो लगाउने कुरामा लाज मानिरहनुपर्ने र ढाँटिरहनुपर्ने आवश्यकता नहुने बताए । बिधेयकमा सहमति जुटाउन समिति र शिर्ष नेताविच छलफल आवश्यक रहेको उनको भनाइ छ । 
 

प्रतिक्रिया