राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको मत बाहिर बाँडिदैनः रमेश लेखक
मतदाताले राजनीतिक परिस्थिति बुझेर मतदान गर्ने लेखकको भनाइ
नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको मत गठबन्धन भन्दा बाहिर जाने स्थिति नरहेको दाबी गरेका छन । आज पत्रकारसँग कुरा गर्दै उनले निश्चित मानिसहरु मतदाता भएकाले मत बाँडिने वा गठबन्धनका उम्मेदवारहरु भन्दा बाहिर मत जाने स्थिति नहुने बताएका हुन । प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखले देशको समसामयिक राजनीतिक परिस्थिति बुझेर नै मतदान गर्ने सचेतक लेखकको भनाइ छ ।
प्रमुख सचेतक लेखकले राष्ट्रिय सभा निर्वाचन केन्द्रिय समन्वय समितिले बुधवारबाटै काम शुरु गरिसकेको पनि जानकारी दिए । पार्टीका प्रदेश प्रमुख, प्रदेश सभापति वा अध्यक्ष र पार्टीहरुको संसदीय दलको नेता समेत सहभागी हुनेगरी सात वटा प्रदेशमा समन्वय समिति बनाइएको छ । गठबन्धनले सबै जिल्लाहरुमा पार्टीका जिल्ला प्रमुखहरु सहितको जिल्ला समन्वय समितिपनि बनाएको छ । राष्ट्रिय सभा निर्वाचन केन्द्रिय समन्वय समिति संयोजक समेत रहनुभएका लेखकले समन्वय समितिले निर्वाचन व्यवस्थित बनाउन लाग्नुपर्ने बताए ।
प्रतिक्रिया