रामबहादुर बम्जनलाई सर्लाही पु¥याईयो, आज जिल्ला अदालतमा पेश गरिने

काठमाडौंबाट पक्राउ परेका कथित ‘तपस्वी’ रामबहादुर बम्जनलाई सर्लाही ल्याइएको छ। हत्या र बलात्कार आरोपमा पक्राउ परेका बम्जनलाई गएराति सर्लाही पु¥याइएको छ । सर्लाही पु¥याईएका बम्जनलाई हाल जिल्ला प्रहरी कार्यालय मलङ्गवामा राखिएको छ । मङ्गलवार काठमाडौँको बुढानिलकण्ठबाट पक्राउ परेका बम्जनलाई आज सर्लाही जिल्ला अदालतमा पेश गर्ने तयारी छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले युवती बेपत्ता पारेको र यौन शोषण गरेको आरोपमा दुई छुट्टाछुट्टै मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ । बम्जनमाथि २०७५ पुस १८ मा कर्मैयाकी रीता बोटेलाई बेपत्ता पारेको आरोप छ ।२०७६ माघ २३ मा सर्लाहीको पत्थरकोटस्थित जंगलमा १४ वर्षीय बालिकामाथि यौन शोषण गर्ने गरेको निवेदन प्रहरी कार्यालय सर्लाहीमा उजुरी छ । 
 

प्रतिक्रिया