नागरिक उन्मुक्तिको पहिलो महाधिवेशन आजबाट कैलालीमा
नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । कैलालीको टिकापुरमा हुन लागेको महाधिवेशनको उद्घाटन सत्रमा प्रमुख दलका नेता समेत सहभागी हुँदैछन । महाधिवेशन तीन दिन चल्नेछ । महाधिवेशनमा सहभागी हुनका लागि देशभरका ५५ जिल्लाबाट ८ हजार प्रतिनिधि सहभागी हुनेछन । महाधिवेशनबाट २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन हुनेछन् । पार्टीमा अध्यक्ष, सहध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुने व्यवस्था छ ।
प्रतिक्रिया