राष्ट्रिय सभा उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज, भोली नाम फिर्ताको समय

राष्ट्रिय सभा सदस्य निर्वाचनमा मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकाशन गरिँदैछ । आज उम्मेदवारविरुद्धको दाबीविरोध र उजुरीमाथिको छानबिन सकिने भएकाले आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका रहेको निर्वाचन आयोगले जनाएको छ । सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध हिजो र आज छानबिन भएपछि नामावली प्रकाशन गर्न लागिएको हो । मंगलबार उम्मेदवारविरुद्ध उजुरी लिइएको थियो । निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । यस्तै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ गते प्रदान गर्नेछ । राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचन कार्यतालिका अन्तर्गत सोमबार ५२ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन । यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता रहने छन् ।
 

प्रतिक्रिया