पश्चिमा मुलुकले युक्रेनलाई सहयोग नगरेर रुसको हौसला बढाएको जेलेन्स्कीको आरोप

रुस अझै कब्जाकै वाटोमा रहेको उल्लेख

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किभलाई पश्चिमी सहयोगमा कुनै पनि ढिलाइले रुसी आक्रमणको करिब दुई वर्षपछि क्रेमलिनलाई हौसला प्रदान गरेको चेतावनी दिएका छन् । जेलेन्स्कीले किभको सबैभन्दा कट्टर सहयोगी मध्येको एक लिथुआनियाको राजधानी भिल्निअसको अचानकको भ्रमणका क्रममा सो कुरा बताएका हुन । युक्रेनलाई वित्तीय तथा सैन्य सहयोगका सम्बन्धमा साझेदारहरूको असुरक्षाले केवल रुसको साहस र शक्तिलाई बढाउने उनको भनाइ छ । भ्लादिमिर पुटिन युक्रेनमािथ सम्पूर्णरूपमा कब्जा गर्ने नीतिमा रहेको उनको भनाइ छ । पश्चिमी मुलुकहरूले युक्रेनलाई निरन्तर समर्थन दिन हिचकिचाइरहेका बेला जेलेन्स्कीले यस्तो बताएका हुन् । उनले सहयोगी मुलुकहरू पुटिनलाई रोक्नका लागि एकजुट नभएसम्म पुटिन युक्रेनमा नरोकिने बरु अन्य छिमेकी मुलुकमा हमला गर्ने चेतावनी दिए । अर्को आक्रमणको स्थानमा लिथुआनिया, लाट्भिया, एस्टोनिया, माल्दोभा हुनसक्ने उनको भनाइ थियो । युक्रेनले रुसको नयाँ सिराबाट हवाई हमलाको सामना गर्नुपरिरहेको बेला उनको यस्तो टिप्पणी आएको हो । किभलाई थप समर्थन दिन आग्रह गरिएको छ जसमा आधुनिक हवाई रक्षा प्रणालीहरूको अत्यन्त कमी देखिन्छ ।। 
 

प्रतिक्रिया