प्रधानमन्त्री दाहालले युगाण्डाको भ्रमण गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहालले युगाण्डाको भ्रमण गर्ने भएका छन् । मंगलवार बसेको मन्त्रीपरिषद्को निर्णय सुनाउँदै बुधबार सरकारका प्रवक्ता रेखा शर्माले प्रधानमन्त्री दाहालले युगाण्डाको राजधानी कम्पालामा माघ ५ देखि ६ गतेसम्म हुने असंलग्न आन्दोलनका विजयी राष्ट्रहरुको १९औं सम्मेलनमा भाग लिने जानकारी दिएकी हुन् । उनले माघ ३ देखि ४ सम्म हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र माघ १ देखि २ गतेसम्म हुने पदाधिकारी बैठकमा परराष्ट्र सचिवको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल सहभागी हुने जानकारी दिईन् । त्यस्तै बैठकले भूकम्पबाट प्रभावित जिल्लाहरुका लागि प्रधानमन्त्री दैविक सहायता कोषमा मौज्दात रहेको रकममध्येबाट विपद् व्यवस्थापन कोषमा २ अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि २०८१ साल असार मसान्तसम्म थप गरेको छ ।

प्रतिक्रिया