नेपालमा संकटको मुल कारण नै प्रधानमन्त्री दाहाल हुन्: शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा संकटको मुल कारण नै प्रधानमन्त्री पुष्पकमल दाहाल भएको बताएका छन । नेकपा एमाले गुल्मीले आज तम्घासमा गरेको प्रशिक्षणमा उनले दाहाललाई मौसम अनुसार रंङ बदल्ने छेपारोको संज्ञा दिएका हुन । देशमा राजनीतिक अस्थीरता र सामाजिक अराजकता बढ्दै गएको भन्दै महासचिव पोख्रेलले अहिलेको सरकारबाट निराशालाई आशामा बदल्ने कुराको कुनै संभावना नरहेको पनि बताए ।
महासचिव पोखरेलले जनताले रोजेको पाटि सहज ढंगले लोकतन्त्रमा स्थापित हुन सकेमा मात्र लोकतन्त्र बलियो हुनेमा जोड दिए । लोकतन्त्र प्रति जनतामा अनास्था पैदा हुँदै गएको भन्दै उनले दलहरुले लोकतन्त्रको कमजोरीलाई सच्याउने सामथ्र्य निर्माण गर्नु पर्नेमा जोड दिए ।
प्रतिक्रिया