भारतीय दूतावासले २० करोड खर्च गर्न पाउने सम्झौताको प्रधानमन्त्रीद्वारा बचाउ

एकपक्षीय रुपमा आयोजना छनौट गर्ने प्रावधान नराखिएको दाबी

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग भएको भारतीय दुतावासले सिधै विस करोड रुपैयाँ नेपालमा खर्च गर्न पाउने सम्झौतामा धेरै तनाव लिनुपर्ने अवस्था नरहेको बताएका छन । आज सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा प्रधानमन्त्री दाहालले सम्झौतालाई लिएर विवाद जरुरी नभएको बताएका हुन । प्रधानमन्त्री दाहालले भारतसँग हाल भएको सम्झौतामा भारतीय पक्षलाई एकपक्षीय रूपमा आयोजना छनौट गर्न र कार्यान्वयन गर्न कुनैपनि त्यस्तो प्रावधान नराखिएको दाबी गरे । 
प्रधानमन्त्री  दाहालले नेपाल—भारत दश वर्षमा दश हजार मेगावाट विद्युत सम्झौतामा भारतले  चीन सरकारले नेपालमा प्रत्यक्ष लगानी गरेका आयोजनाबाट उत्पादित विद्युत किन्नेबारेमा असहमति जनाएको पनि जानकारी दिए । 
प्रधानमन्त्री दाहालले ग्लोवल टेण्डर आह्वान गरी निर्माण भएको विद्युतलाई चीन सरकारले उत्पादन गरेको भन्न नमिल्ने कुरा राखेको र त्यसको लागि अझै छलफल हुने जानकारी दिए ।  पञ्चेश्वर जलविद्युत परियोजनाको ब्रेक थ्रु केही दिनमै हुने दाबी उनले गरे । पञ्चेश्वर अन्तिम चरणमा पुगेको र यो परियोजना दुवै देशको राष्ट्रहीतमा रहेको प्रधानमन्त्री दाहालले बताएका हुन । नेपालले बनाएको नानो स्याटेलाइट भारतीय न्यु स्पेस इण्डिया लिमिटेडले आफ्नै खर्चमा प्रक्षेपण गरिदिने सम्झौता भएको पनि उनले बताए ।  
 

प्रतिक्रिया