एपीएफ सुर्खेतमा जारी राष्ट्रिय पुरुष भलिबलको फाइनलमा
विभागीय क्लव एपीएफ सुर्खेतमा जारी ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । कर्णालीको राजधानी सुर्खेतको खुल्लामञ्चमा जारी प्रतियोगितामा एपीएफले पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
एपीएफले गण्डकीलाई २५–२३, २५–२०, २५–१५ ले पराजित गरेको हो । अब उपाधिका लागि एपीएफले दोस्रो सेमिफाइनलको विजेतासँग विहिबार खेल्नेछ । दोस्रो सेमिफाइनलमा दुई विभागीय क्लव त्रिभुवन आर्मी र नेपाल पुलिस क्लवले अहिले प्रतिस्पर्धा गर्दैछन ।
प्रतिक्रिया